काठमाडौं, ९ फागुन । केही दिनअघि मात्रै गायिका सरस्वती लामा ल्होछार कार्यक्रममा ठ्याक्कै स्किन कलरको टाइट कपडा लगाएर गीत गाउदा र उनको तस्वीर उनकै फेसबुकमार्फत सार्वजनिक हुँदा उनी आलोचित भएकी छन् ।
ल्होछारजस्तो विशुद्ध धार्मिक सांस्कृतिक कार्यक्रममा तामाङहरुको मौलिक पोशाक भन्दा अलि भल्गर लाग्ने पोशाक लगाएको भन्दै उनको आलोचना गरिएको छ । तर यसको जवाफ पनि उनले तत्काल दिएकी छन्, त्यो पनि फेसबुकबाटै ।

उनले आफूले गोल्डेन कलरको पाइन्ट लगाएकी भन्दै आफ्नाे तस्वीरलाई सफा मनबाट हेर्न अनुरोध गरेकी छन् । उनले तामाङ पोशाक लगाएर मात्रै संस्कृति नजोगिने जिकिर पनि गरेकी छन् ।
‘तामाङ ड्रेस लगाएर मात्रै संस्कृति जोगिने हैन, दिल, मन, मुटुमा सजाउने भावना स्वच्छ पारौ,’ फेसबुकमै उनले भनेकी छन्, ‘मैले गोल्डेन रङ्गको प्यान्ट माथि लङ्ग वान पिस पहिरिएकी छु । हामीले सबैले आफ्नाे मन सफा र स्वच्छ राखौ । सकारात्मक सुन्दर आँखाले हेरौ । हुन सक्छ गीत गाउनेबेला हात खुट्टा तलमाथि भयो होला । अझै पनि म भन्छु फुल प्यान्ट लगाउन मेरो गल्ती हो जस्तो लाग्दैन ।’

सरस्वतीले फेसबुकबाट स्पष्टिकरण दिएकी भए पनि उनको यो तस्वीरले जोकोहीको पनि ध्यान खिच्ने खालकै छ । किनकि यहाँ उनले ठ्याक्कै स्किन कलरको कपडा लगाएकी छन् र उनको दायाँ खुट्टा पुरै माथिसम्म नाङ्गोजस्तै देखिएको छ । उनका लागि यो फेसन भए पनि यसले किन सर्वसाधारणको ध्यान खिचिरहेको छ होला ? स्किन कलरकै नलगाएर अन्य कलरको भए यस्तो हुन्थ्यो ? यो प्रश्नको स्वभाविक छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here