दमक, ९ फागुन । किरात राई सांस्कृतिक कलाकार संघको अध्यक्षमा जनक राई निर्वाचित भएका छन् । झापाको दमकमा भएको संघको चौथो राष्ट्रिय सम्मेलनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । सम्मेलनले उनको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ ।

संघको उपाध्यक्षमा रामकर राई, राजु एन राई, कपिल राई, शालिक सतासक, महासचिवमा राई नविन, सचिवमा रोशन राई, सुरज राई, कुशल राई र कोषाध्यक्षमा सरला राई र सहकोषाध्यक्षमा, महेन्द्र रार्इ र कला राई चयन भएका छन् ।

संघको सदस्यहरुमा प्रमोद राई, भद्र दुमी राई, मेनुका राई, पूर्ण राई, मुकेश राई, जानुका राई, पे्रमिला राई र कला रार्इ छन् । सम्मेलनबाट किरात राई समुदाय र जातिको मौलिक संस्कृति संरक्षण गर्ने अभियान अनुसार ११ बुँदे दमक घोषणा पत्र समेत जारी गरिएको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here