काठमाडौं, १० कात्तिक । वरिष्ठ लेखक, कवि तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले अहिले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा संघीयता मास्न थालिएको बताएका छन् ।

पत्रकार जेवी पुनसँगको अन्तर्वार्तामा उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओली गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिताका पक्षधर नै नरहेको र उनीजस्ता व्यक्ति दुई तिहाइ बहुमत सरकारको प्रधानमन्त्री हुनु बिडम्बनापूर्ण रहेको उनले बताए ।

‘जुन व्यक्ति गणतन्त्रको पक्षमै थिएन, संघीयताको पक्षमै थिएन, धर्मनिरपेक्षता र समावेशिताको पक्षमै थिएन । बिडम्बनाबस तथाकथित दुईतिहाइ बहुमत सरकारको प्रधानमन्त्री त्यही व्यक्ति भएको छ,’ संग्रौलाले भने, ‘बाँदरलाई मकैबारीको गोठालो बनाउनुभो भने के गर्छ ? सर्वनाश गर्छ । खड्गप्रसाद ओली ओली प्रधानमन्त्री बन्नु गणतन्त्रमा, संघीयतामा, धर्मनिरपेक्षतामा, समावेशितामा सबै मुद्दाको विरोधीमा उभिएको हो । खड्गप्रसाद ओलीको नेतृत्वमा संघीयतालाई मारिदै छ ।’

उनले प्रदेश निर्माण गरिए पनि अधिकारविहीन बनाइएको टिप्पणी गरे । उनले भने, ‘प्रदेशको निर्माण भएको छ । प्राविधिक प्रदेशहरु छन् । तर अधिकार केही पनि दिएको छैन । उसँग नियम कानून छैन, साधन स्रोत छैन ।’

दसैँमा सर्वसाधारणलाई टीका लगाइदिएर हिन्दू धर्मको राज्यबाटै संरक्षण गरेको प्रसंग निकाल्दै संग्रौलाले प्रधानमन्त्रीले आफ्नाे प्रवृति जे हो त्यही अनुसार काम गरिरहेको बताए ।

‘अधिकारविहीन कठपुतली प्रदेश बनाइएको छ,’ उनले भने, ‘ओलीको प्रवृतिले प्रधानमन्त्री भएपछि जे जे गर्थे अहिले त्यही त्यही काम गरिरहेको छ ।’

के राज्यको धर्म हुन्छ ?संवादमा खगेन्द्र सग्रौला with जेवी पुन मगर

Posted by Freepressnepal on Wednesday, 24 October 2018

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here