माया तामाङ दिप्मा

३ सय ६४ दिन फेसनेबल भए पनि कमसे कम एक दिन त हाम्रो तामाङ कलाकारहरुले आफ्नाे पहिचान झल्काउने मौलिक भेषभुषालार्इ ल्होछारजस्तो महान पर्बमा माया र सम्मान गरी लगाइदिए कति राम्रो हुने थियो ।

कलाकारजस्तो व्यक्तित्व जसले समाज र समुदायलाई आफ्नाे कलाको पहिचानसंगै जनचेतना, प्रेरणा र सकारातात्मक सन्देश दिँदै तामाङ समुदायलाई नयाँ दिशा र समुन्नत परिवर्तन दिन सक्छ । हाम्रा कलाकार महानुभावहरुले ल्होछार पर्वको दिन आफ्नाे मौलिक भाषाको गीतबाट हामीलाई मनोरन्जन दिनुहुन्छ ।

त्यो आफ्नाे ठाउँमा सहि छ । तर, पहिरनमा तडकभडक बिदेशी पोशाकमा सजिएर आफ्नाे नाङ्गो शरिर प्रदर्शन गर्दै हाम्राे तामाङ समाज समुदायलाई कुन दिशा लाने र के सन्देश दिने ? त्यहाँ उपस्थित भएकाहरूले ताली बजाउने तामाङ दर्शक महानुभावहरुले पनि सोच्नुपर्ने हैन र ?

के कलाकार भयो भन्दैमा आफ्नाे मौलिक भेषभुषालार्इ जोगाराख्नु पर्ने दायित्व कलाकारहरुमा हुँदैन र ?  संस्कार संस्कृति, भेषभुषा, धर्म भाषा जोगाउनुपर्छ भनेर हामी प्रवासमा बसेर चेतना जोगाउदै हिड्ने अनि स्वदेशमा चाहि हेलचेक्राई लापरवाह गर्दै हिड्ने तामाङ कलाकारदेखि कतिपय बुद्धिजीवी अग्रज महानुभावहरु देखेर दुःख लाग्छ । आफ्नाे मौलिकतामा रम्न र जम्नको निम्ति आत्मसाथ हुनुपर्छ । खोक्रोपनले संस्कार-संस्कृति खोक्रिन्दै जान्छ ।

सन्दर्भः हाम्रो महान सांस्कृतिक /धार्मिक पर्ब सोनाम ल्होछारमा शरीर प्रदर्शन गर्दै आफ्नाे मौलिक भेष-भुषाको नाममा अपमान गर्ने कलाकार श्रष्टाहरु ।

तस्वीर र अार्टिकल माया तामाङकाे फेसबुकबाट तानिएकाे हाे । स्टेजमा गीत गाउदै गरेकी कलाकार सरस्वती लामा हुन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here