काठमाडौं, १० कात्तिक । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले ५० हजारलाई भोज खुवाउने नेकपाको चियापानमा आफू सहभागी नहुने बताएका छन् ।

उनले सर्वहारावर्गको दुहाइ दिने पार्टीले ५० हजारलाई भोज खुवाउने पैसा कुनै उत्पादनको क्षेत्रमा लगानी गरेको भए राम्रो हुन्थ्यो भनेर असन्तुष्टि जनाउँदै चियापानमा सहभागी नहुने बताएका हुन् ।

उनले ट्वीट गर्दै सत्तासिन नेकपाले एउटै खाममा चार–चारवटा शुभकामना कार्ड पठाएको भए पनि चियापानमा आउन नसक्ने जवाफ दिएका हुन् ।

‘सर्वहारा वर्गको दुहाइ दिने पार्टीले ५० हजारलाई भोज खुवाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेको भए राम्रो हुन्थ्यो कि ? त्यसैले म आउन सकिनँ,’ भट्टराईले लेखेका छन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here