काठमाडौं, ७ फागुन । मिस इन्डिजिनियस २०१७ का लागि ५० जना युवतीहरु छनोटमा परेकी छन् । शनिबार भएको पहिलो चरणको अडिसनमा सहभागी ८२ युवतीमध्ये ५० जनालाई छनोट गरिएको हो ।

अडिसनमा इच्छा कार्की, विपना थापा, रुबुशा मानन्धर, निरिशा बस्नेत, व्यवसायिक उज्वलकृष्ण श्रेष्ठ, अमरज्योति रञ्जित, आरएनआर गु्रपकी अध्यक्ष मञ्जु श्रेष्ठ, कोरियोग्राफर रोजिन श्रेष्ठ निर्णायक बनेका थिए । प्रतियोगीहरुलाई आगामी १४ फागुनदेखि रोजिन शाक्यले प्रशिक्षण दिनेछन् । अन्तिम स्पर्धा आगामी १४ चैतमा काठमाडौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here