काठमाडौं, २३ असोज । राष्ट्रिय जनता पार्टी (राजपा) ले आगामी छठसम्ममा पनि संविधान संशोधन प्रक्रिया अघि नबढाए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ ।

राजपाका नेताहरुले सोमबार साँझ प्रधानमन्त्री केपी ओलीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै पूर्वसहमति अनुसार संविधान संशोधन प्रक्रिया अगाडि बढाउन आग्रह गरेका हुन् ।

उनीहरुले छठसम्म पर्खने र यदि त्यसबेला पनि संशोधन प्रक्रिया अघि नबढाइए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका हुन् ।

सरकार र राजपाबीच गत २०७४ फागुन ३ गते तीनबुँदे सहमति भएको थियो । राजपाले यसअघि पनि पटकपटक सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिदै आएको छ ।

सोमबारको भेटमा प्रधानमन्त्री ओलीले असोज २९ गतेसम्म पर्खन आग्रह गरेका थिए ।
तर, राजपाका नेताहरुले छठसम्म नै पर्खने बताएका थिए । सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा उत्रिने राजपाको चेतावनी छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here