काठमाडौं, १९ असोज । हिन्दूहरुको चाड दसैं मनाउनका लागि चाहिँ गृह मन्त्रालयले नै अन्य सरकारी निकायहरुलाई परिपत्र गरेको भन्दै गैरहिन्दू समुदायका मानिसहरुले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

गृह मन्त्रालयले यस वर्षको दसैंको साईत लगायत कार्यसूचीबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र काटेर जानकारी दिएको र मातहतका कार्यालयहरुलाई पनि सोही बमोजिम निर्देश गर्न अनुरोध गरेको पत्र सामाजिक सञ्जालमा भाइरल भइरहेको हो ।

पत्रमा घटस्थापना, फुलपाती, कालरात्री, महानवमी, विजय दशमी, टीकाको साईत, कोजाग्रत व्रत लगायतका दिनबारे उल्लेख गरिएको छ ।
मुलुक धर्मनिरपेक्ष राज्य भइसक्दा पनि राज्यले हिन्दू चाड दसैंलाई चाहिँ भव्यताका साथ मनाउन उर्दी गरेको भन्दै आदिवासी जनजाति समुदायले सोको विरोध गरिरहेका छन् ।

हुन त दसैं हिन्दूको चाड नभएको बरु आदिवासी किरातहरुको चाड भएको भन्ने तर्क पनि गरिन्छ । जनजातिहरु दसैं मान्ने र नमान्ने दुवै थरिका छन् । दसैं आफ्नाे चाड नभएको भन्दै बहिष्कार गर्नेहरुको लर्को उत्तिकै छ ।

तर दसैमा प्रयोग हुने चामल र अछेता हिन्दूहरुको संस्कृति नभएको पनि बताइएको छ । यस विषयमा गहन शोध गर्नुपर्ने आवश्यकता हुँदाहुँदै पनि जनजातिहरुले दसैं बहिष्कार गरिरहेका छन् ।

खासगरी मुलुक धर्मनिरपेक्ष राज्य भइसकेपछि हिन्दूहरुको चाड चाहिँ राज्यले नै करोडौ रुपैयाँ खर्च गरी मनाउने अन्य जाति र धर्म मान्नेहरुको चाडमा यसरी राज्यले सरकारी निकायहरुलाई पत्र नपठाउने गरेको भन्दै विरोध गरिएको छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here