बझाङ, १७ असोज । स्थानीय तहमा हुने आर्थिक अनियमितता र भ्रष्टाचारप्रति जनता सचेत हुन थालेका छन् ।

गाउँपालिका वा नगरपालिकाबाट हरेक विकास निर्माणमा हुने खर्चसम्बन्धी सूचना जनताले माग्न थालेका छन् । कुन शिर्षकमा कति छुट्याइएको र कति खर्च भयो ? भन्दै चासो व्यक्त गर्न थालिएको छ ।

अनियमितता वा भ्रष्टाचार भएकाे पाइएमा कारबाही पनि गर्न थालिएको छ जनस्तरबाटै ।

बझाङको बुङ्गल नगरपालिका वडा नं ९ का वडा अध्यक्ष देउमल धामी यस्तै जनकारबाहीमा परेका छन् । आर्थिक अनियमितता गरेकाे अभियाेगमा हिजो (मंगलबार) उनी जनकारबाहीमा परेका हुन् ।

धामीमाथि कृषिका लागि विनियोजन गरिएको साढे तीन लाख रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।

उनले विनियोजित रकममध्ये ५० हजार रुपैयाँको मात्रै बिउविजन खरिद गरि वितरण गरेको र बाँकी हिनामिना गरिएको भन्दै किसानहरुले नै उनलाई कालोमोसो दलेर बेइज्जेत गरे, जुत्ताकाे माला समेत लगाइदिए ।

याे समाचारमा राखिएकाे तस्बिर समाचारसँग असम्बन्धित व्यक्तिकाे पर्न गएकाेले क्षमायाचनासहित २०७५ कात्तिक २० गते उक्त तस्बिर हटाइएकाे छ । स.

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here