कञ्चनपुर, १४ असाेज । निर्मला पन्तकाे हत्याराकाे पहिचान हुनुकाे सट्टा घटना झन् रहस्यमय बन्दै गएकाे छ ।

निर्मलाकाे बलात्कारपछि हत्याकाे अाराेप लागेका एसपी डिल्लीराज विष्टसहित तीन जनाकाे डीएनए परीक्षण गर्दा रिपाेर्टका अाधारमा उनीहरू दाेषी देखिएनन् ।

एसपी विष्ट, उनका छाेरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा अायुष विष्टकाे डीएनए टेष्ट गरिएकाे थियाे । तर तीनै जनाको रिपोर्ट मेल खाएन । अर्थात डीएनए रिपाेर्ट नेगेटिभ अाएकाे छ ।

कञ्चनपुरबासीले एसपीका छाेरा र मेयरका भतिजमाथि छानबिन गर्न माग गरेका थिए । उनीहरू नै निर्मलाकाे बलात्कार र हत्यामा संलग्न भएकाे भन्दै स्थानीयले साे माग गरेका थिए ।

तर एसपी विष्टसहित तीनजनाकै डीएनए टेष्ट गर्दा नेगेटिभ अाएकाले वास्तवमा निर्मलाकाे हत्यारा काे हुन् ? भन्ने अन्याैल बढाइदिएकाे छ ।

त्यसाे त निर्मलाकाे बलात्कार र हत्यापछि साे प्रमाण नष्ट गर्ने काम जान अन्जान प्रहरीबाटै भएकाे बताइएकाे छ । निर्मलाका बुबा लगायत कञ्चनपुरबासीले नियतबस प्रहरीहरूले नै प्रमाण नष्ट गरेकाे दाबी गरेका छन् ।

गत साउन १० गते साथी रोशनी बमको घर गएकी १३ वर्षीया पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट विहान उखुबारीमा शव भेटिएको थियो ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here