विराटनगर, १० असोज । संघीय समाजवादी फोरम नेपालको प्रदेश नं १ को कमिटि गठन जटिल बनेको छ । प्रदेशको अध्यक्षमा तीन जना नेताहरुको दाबी रहेकाले सर्वसम्मत गर्ने कि निर्वाचन प्रक्रियामा जाने ? भन्ने अन्यौल उत्पन्न भएको छ ।

प्रदेश अध्यक्षमा जुद्ध ढाक्रे, भुपेन्द्र नेम्वाङ र प्रविण चाम्लिङको दाबी छ ।

नेतृत्व चयनका लागि अवस्था जटिल भएपछि सुरुमा ५१ सदस्य चयन गर्ने र सोमध्येबाटै अध्यक्ष लगायत पदाधिकारी छनोट गरिने भएको छ ।
जुद्ध ढाक्रेले सर्वस्वीकार्य उम्मेदवार खडा भए आफूले विचार गर्न सक्ने बताए । भुपेन्द्र नेम्वाङले लोकतान्त्रिक प्रक्रियाबाटै नेतृत्व चयन गर्नुपर्ने पक्षमा छन् ।

तीन मध्ये दुई जना प्रमुख प्रतिस्पर्धी देखिएका छन् । चाम्लिङ भने केही समयअघि मात्रै पार्टीमा आएकाले तत्काल उनलाई नेता मान्न नसकिने प्रतिनिधिहरुको भनाइ छ ।
प्रदेश समिति गठनका लागि यसअघि नै पार्टीका महासचिव रणध्वज कङदङवा प्रदेश १ इन्चार्ज भएका छन् । सहइन्चार्जमा परशुराम बस्नेत छन् ।

प्रदेश नं १ को नेतृत्व चयनमा देखिएको जटिलता फुकाउने जिम्मा कङदङवा र बस्नेतसहित पार्टीका वरिष्ठ नेता अशोक राई र उपाध्यक्ष युवराज कार्कीले पाएका छन् ।

सम्भवतः आजै नेतृत्व चयन कार्य सिध्याइने छ । स्रोतका अनुसार पार्टीका केन्द्रीय सदस्य ध्यानबहादु राई अगाडि बढे उनी सर्वसम्मत हुनेछन् । तर उनी नेतृत्वका लागि दृढ आकांक्षी हैनन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here