भैरहवा, ४ असोज । संघीय समाजवादी महिला फोरम नेपालको प्रदेश नं ५ स्तरीय समिति गठन गरिएको छ । निलम कुमारी यादवको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरिएको हो ।

आज बिहीबार पार्टीका महिला विभाग प्रमुख सुशीला श्रेष्ठको प्रमुख आतिथ्यतामा भैरहवाको जसवाल धर्मशालामा आयोजित भेलाबाट समिति निर्माण गरिएको हो ।

महिला फोरमको केन्द्रीय समितिको बैठक पनि यही असोज ३ र ४ गते भैरहवामा सम्पन्न भएको छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here