काठमाडौं– राष्ट्रिय जनता पार्टीले विविध कारणले पार्टीबाट अलग भएका नेता तथा कार्यकर्ताहरुलाई पुनः पार्टीमा फर्कन आग्रह गरेको छ ।
राजपाले अधिकार प्राप्ति संघर्ष र आन्दोलन चाहनेहरुलाई पार्टीमा प्रवेश गर्न समेत अपिल गरेको छ ।

तीन दिनसम्म केन्द्रीय अध्यक्ष मण्डलको बैठक समापन भएपछि बैठकका निर्णयहरु सार्वजनिक गर्दै राजपाले पार्टी छाडेका नेता तथा कार्यकर्ताहरुलाई पुनः पार्टीमा फर्कन आग्रह गरेका हुन् ।

यही भदौ २५देखि २८ सम्म चलेको बैठकले राजपा नेपालको विधान र प्रदेश नं २ को प्रदेश सभा, संसदीय दलको विधान परिमार्जनसहित पारित गरेको छ ।

आगामी २०७६ वैशाख ७, ८ र ९ गते हुने पार्टीको महाधिवेशन प्रयोजनका लागि साधारण सदस्यता वितरण तथा नविकरणका लागि आगामी कात्तिक मसान्तसम्मको समयवधि तोकिएको छ ।

संविधान जारी भएको दिन असोज ३ गते राजपाले विभिन्न स्थानमा विरोध कार्यक्रम गर्ने भएको छ ।
विरोध कार्यक्रमका लागि अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरदेखि, राजेन्द्र महतो, महेन्द्र यादव, शरदसिंह भण्डारी र राजकिशोर यादवसम्मका नेताहरुलाई जिल्ला तोकिएको छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here