झापा– झापाका कांग्रेस, नेकपा र राप्रपाका दुई दर्जनभन्दा बढी स्थानीय नेता तथा कार्यकर्ताहरु संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् ।

संघीय समाजवादी फोरम भद्रपुर नगर समितिले आयोजना गरेको कार्यक्रममा उनीहरु संघीय फोरममा प्रवेश गरेका हुन् ।

सो अवसरमा संघीय फोरम भद्रपुर नगर वडा नं ७ मा समिति समेत गठन गरिएको छ । वीरबहादुर खवासको अध्यक्षतामा १५ सदस्यीय वडा समिति गठन गरिएको हो ।

कार्यक्रममा विभिन्न क्याम्पस र विद्यालयबाट प्रतिनिधित्व गरेर आएका विद्यार्थीहरुको तर्फबाट समाजवादी विद्यार्थी फोरम भद्रपुर नगर समन्वय समिति समेत गठन गरिएको छ ।

मेची क्याम्पसमा अध्ययनरत पुजा थापाको अध्यक्षतामा १३ सदस्यीय समन्वय समिति गठन गरिएको हो ।

संघीय फोरम भद्रपुर नगर अध्यक्ष शत्रुधन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य पृथ्वी कार्की, लिम्बुवान प्रदेश समिति सदस्यहरु गौरिमान राई, समर राई, शर्मीला आङदेम्बे, झापा जिल्ला उपाध्यक्ष गणेश राई लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here