काठमाडौं- अधिवक्ता किवाङ हाङ राईले संघीयतालाई असफल बनाउने गम्भीर षड्यन्त्र भइरहेकाले संघीयतावादीहरु एकजुट हुनुपर्ने बताएका छन् ।

एकल जातीय नश्लवादी सोंच भएका कर्मचारी तथा सत्ता सञ्चालकहरुबाटै संघीयतामाथि खतरा पैदा भएको उनको भनाइ छ ।

सार्वजनिक डटकमसँगको भिडियो अन्तर्वार्ताका क्रममा पूर्व एसएसपीसमेत रहेका राईले भने, ‘संघीयताको कार्यान्वयनमा सबै लाग्नुपर्नेमा संघीयता सफल हुन नदिन षडयन्त्र गरिरहेको देखिएको छ । प्रदेश सरकारको आदेश संघीय सरकारको कर्मचारीहरुले नमान्नु जघन्य विषय हो । यो संघीयता असफल बनाउने षडयन्त्र हो ।’

प्रदेश सरकारले गरेका निर्णयहरु सीडीओ तथा प्रहरी प्रशासनले नमान्नु गम्भीर विषय भएको उनले बताए । राष्ट्र निर्माणको अभियान्ता समेत रहेका उनले वर्तमान सात प्रदेशको संघीयतालाई संस्थागत गर्नुपर्नेमा जोड दिए ।

‘अहिलेको सात प्रदेशको संघीयत संस्थागत गरिएन भने ११ प्रदेशको संघीयता आउन सक्दैन,’ अन्तर्वार्ताका क्रममा उनले भने, ‘सात प्रदेशलाई संस्थागत गरियो भने भोलिका दिनमा ११ प्रदेश बनाउन सकिन्छ ।’

प्रस्तुत छ अधिवक्ता रार्इसँग गरिएकाे कुराकानीकाे सम्पादित अंशः

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here