काठमाडौं, २६ माघ । ‘१२ औं नेपाल टेलिकम मिस नेवाः ११३७’ को ताज इशु श्रेष्ठले पहिरिएकी छन् । नेप्लिज फेशन होमद्धारा बुधबार राजधानीमा आयोजित अन्तिम स्पर्धामा उनले उपाधि चुमेकी हुन् । उपाधिसँगै उनले आइएमइको तर्फबाट ३० हजार रुपैयाँ र सालिमार ज्वेलरका तर्फबाट चाँदीका ताज लगायत उपहार पाएकी छन् ।
प्रतियोगितामा ओजस्वी श्रेष्ठले फस्ट रनरअपको उपाधि हाँसिल गरिन् । उनले २० नगद हजार रुपैयाँसहित विभिन्न उपहार पाइन् । सृष्टी खड्गीले सेकेन्ड रनर अपको उपाधि प्राप्त गरिन् । उनले नदग १५ हजार रुपैयाँ सहित विभिन्न उपहार प्राप्त गरिन् ।
प्रतियोगितामा अन्य विभिन्न उपाधितर्फ रोश्ना श्रेष्ठले मिस चार्मिङ, क्रिजना डंगोलले बेस्ट स्माईल, बिनिता डंगोलले मिस फ्रेन्डसिप, लेनिना बज्रचार्यले बेस्ट स्किनको उपाधि जिते ।
त्यसैगरी रोज महर्जन मिस ट्यालेन्ट, ओमिजिना महर्जन बेस्ट नेपाल भाषा, आज्ञा कारञ्जित बेस्ट ड्रेस, मोनिमा खड्गी मिस एलिगेन्ट घोषित भए ।
त्यसैगरी समीता श्रेष्ठले बेष्ट हेयर, मिस डिसिप्लेन सलिना श्रेष्ठ, मिस पर्सनालिटी पल्पसा श्रेष्ठ, मिस पब्लिक च्वाईस ओमिजिना महर्जनले प्राप्त गरिन् । सामाजिक सदभाव राजदुतको उपाधि तीनजना प्रतियोगी समिता श्रेष्ठ, मोरिना मानन्धर र क्रिजना डंगोल घोषित भए । सदभाव दुतले क्यान्सर सम्बन्धि जनचेतनासहित विभिन्न सामाजिक काम गर्ने नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन् ।
मानन्धरले कार्यक्रममा स्वागत गर्दै नेवार समुदायका युवतीहरुलाई नेवारी संस्कृति, भाषा, भेषभुषाको संरक्षण र संवद्र्धनका लागि १२ वर्षदेखि प्रतियोगिता आयोजना गरिँदै आएको बताइन् ।
उद्योग राज्यमन्त्री कृष्ण बादेले प्रमुख आतिथिका तर्फबाट बिजेताहरुलाई शुभकामना दिँदै नेवार संस्कृतिको संरक्षणमा विजेताहरुले काम गर्ने विश्वास व्यक्त गरे ।
गायिक निशा देशारको गायन र नेवा डान्स एकेडेमीका कलाकारको नृत्यले कार्यक्रमलाई मनोरम तुल्याएको थियो । सो प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्य र रोहिया महर्जनले गरेका थिए भने कार्यक्रमको व्यबस्थापन जेनिशा मानन्धरले गरेकी हुन् ।
प्रतियोगिताको अन्तिम निर्णायकमा प्राइम बैंकमा उपमहाप्रबन्धक भाइराजा तुलाधर, हिट्सको कम्पनीका निर्देशक प्रदीपमान प्रधान, नमुन कलेज अफ फेशन टेक्नेलोजीका उपप्रमुख जिवेश्वरलाल श्रेष्ठ, कार्टुनिष्ट रबिन सायमी, पूर्व मिस नेपाल एलिशा बज्राचार्य, दन्त चिकित्सक शिक्षिता श्रेष्ठ, र नेपाल बुटिक एशोसियसनका संस्थापक अध्यक्ष उज्वलकृष्ण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here