काठमाडौं- नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गाईलाई राष्ट्रिय जनावरको मान्यता दिन नहुने बताएका छन् ।

प्रतिनिधिसभाको आज (आइतबार) को बैठकमा डा भट्टराईले सो कुरा बताएका हुन् ।

उनले धार्मिक समुदायको अधिकारको रक्षा गर्नुपर्ने समेत बताए । एउटै जनावरलाई राष्ट्रिय जनावरको मान्यता दिन नहुने उनको भनाइ छ ।

स्मरण रहोस २०७२ सालमा जारी भएको संविधानमा भट्टराईले हस्ताक्षर गरेका छैनन् ।

उनले गत भदौ १ गतेदेखि लागू भएको फौजदारी र देवानी संहितामा भएको त्रुटि सच्याउन सरकारसँग माग गरे ।
सो क्रममा उनले त्रिपक्षीय सन्धि अनुसार नेपालले नै बेलायतको सेनामा युवाहरुलाई पठाएकाले बेलातयी सेनाका परिवारलाई नेपालको नागरिकताबाट बञ्चित गर्न नहुने जिकिर गरे ।

‘हामीले नै त्रिपक्षीय सम्झौता गरेर पढाएका हौ, त्यसैले ब्रिटिश गोर्खाको नागरिकता खारेज हुनुुहुँदैन,’ उनले भने ।

उनले भूमि राज्यले लिई भोगाधिकार मात्रै नागरिकलाई दिने गरी कानूनी व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे ।
उनले १२ कक्षासम्मको शिषा अनिवार्य र निशुल्क तथा विपन्नलाई निशुल्क स्वास्थ्य सुविधा दिने कानून बनाउन माग गरे ।

याे पनि पढ्नुस

रिहा भएपछि बिकिनले भने ‘सरकार गम्भीर नभए नयाँ शैलीमा साेंचाैला’

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here