धरान- संघीय समाजवादी फाेरम नेपालका उपाध्यक्ष रकम चेम्जाेङले सात प्रदेशकाे संघीयता अाफ्नाे पार्टीकाे नीति तथा दृष्टिकाेणविपरीत रहेकाले प्रदेश नं १ काे नामाकरणकाे विषयमा निर्णय नगरिएकाे बताएका छन् ।

सुनसरीकाे धरानमा अाज अायाेजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा पूर्वमन्त्री समेत रहेका चेम्जाेङले संघीय समाजवादी फाेरम नेपाल १० प्लस १ प्रदेशकाे पक्षमा रहेकाे प्रष्ट पारे ।

उनले प्रदेश नं १ ले किरात, लिम्बुवान, मधेस, थारूवान, शेर्पा लगायतकाे सिमांकनकाे चरित्र नबाेकेकाे बताए । उनले १० प्लस १ प्रदेशकाे सिमांकन गरी पहिचानकाे अाधारमा प्रदेशहरूकाे नामाकरण नगरेसम्म समस्याकाे समाधान नहुने जिकिर गरे ।

साे क्रममा उनले पार्टीका नेता जयराम यादवले दिएकाे अभिव्यक्तिबारे अाफूले बुझ्न बाँकी रहेकाे बताए । ससफाे प्रदेश नं १ काे संसदीय दलकाे नेतासमेत रहेका यादवले प्रदेश नं १ काे नाम सगरमाथा राख्नुपर्ने अभिव्यक्ति दिएकाे समाचारमा अाएकाे थियाे ।

यसैगरी पार्टीका केन्द्रीय महासचिव रणध्वज कन्दङ्वाले संविधानकाे धारा २७४ लार्इ संशाेधन गरेर १० प्लस १ प्रदेशकाे बाटाे खाेल्नकै लागि राजनीतिक सहमति भएपछि संघीय समाजवादी फाेरम नेपाल सरकारमा गएकाे बताए ।

विना पुमा रार्इकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नगर सचिवालय काेषाध्यक्ष लक्ष्मी चाम्लिङले स्वागत मन्तव्य दिएकी थिइन् भने राजनीतिक समिति सदस्य दिपक मेन्याङ्बाे, केन्द्रीय परिषद सदस्य विरेश थापा, लिम्बुवान प्रदेश समितिका अध्यक्ष खगेन्द्र माखिमलगायत नेताहरूकाे सहभागिता थियाे ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here