काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले प्रदेश नं ४ को नामाकरण गण्डकी प्रदेश राखिएकोमा असहमति जनाएका छन् ।

उनले नेपाल कम्युनिष्ट पार्टीका आदिवासी जनजाति नेताहरुले नै मालिकको नूनको सोझो गर्दा प्रदेशको नामाकरणमा पहिचान जोडिन नसकेको बताएका छन् ।

डा भट्टराईले ट्विट गर्दै नेकपाका किरण गुरुङहरुले मालिकको नूनको सोझो गर्दै आफ्नै उत्पीडित जाति/राष्ट्रियतालाई धोका दिएकाे बताए ।

पहिचानसहितको संघीयताको पक्षमा प्रष्ट नरहेका भट्टराईले भोटिङ प्रक्रियाबाट प्रदेश ४ को नामाकरण गरिएपछि सोप्रति असहमति जनाएका हुन् ।

उनले प्रदेशको नाम गण्डकी प्रदेश राख्दा ‘गण्डकी अञ्चल’को गन्ध आएको समेत उल्लेख गरेका छन् ।

यस्तो छ भट्टराईको ट्विटः

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here