गाेरखा- नयाँ शक्ति पार्टीका संयाेजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई असार १५ मा गृहजिल्ला गाेरखा पुगेका छन् ।

उनी गाेरखाकाे सिरानचाेक गाउँपालिकामा अायाेजित राेपार्इ महाेत्सवमा सहभागी समेत भए ।

भट्टराईले डेढ घण्टा खेतमा काम गरे । उक्त कार्यक्रम सिरानचोक गाउँपालिका र नयाँ शक्ति गोरखाको संयुक्त आयोजनामा भएको हो।

भट्टराईले गोरु जोतेको, बाहुसे गरेको र धानको बिउ काढेको तस्बिर विपिनचन्द्र ढकालले फेसबुकमा राखेका छन् ।

भट्टराई पछिल्लाे समय महिनामा एकपटक आफ्नो निर्वाचन क्षेत्र पुगेर जनताको चासो तथा गुनासो सुन्न थालेका छन् ।

 

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here