महाेत्तरी- महाेत्तरीकाे चार वटा सरकारी विद्यालयमा मैथिली भाषामा पढाइ हुन थालेकाे छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले शनिबार विद्यालयमा मैथिली शिक्षाको शुभारम्भ गरेका छन् ।

मन्त्री पोखरेलले श्री माध्यमिक विद्यालय बखरीभाठ, श्री जिवन माध्यम आधारभूत विद्यालय अंकार, श्री राष्ट्रिय आधारभूत विद्यालय बेला र श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय महादेवपट्टिमा मैथिली शिक्षाको शुभारम्भ गरेका हुन् ।

मन्त्री पोखरेलले ती चारवटै विद्यालयमा विद्यार्थीको लागि १०० पूर्णाङ्कको मातृभाषाको मैथिली शिक्षा लागु भएको घोषणा गर्दै सबै विद्यालयमा मैथिली शिक्षाको किताब समेत बाँडेका थिए ।

चारवटै विद्यालयको प्राथमिक तहमा अहिले मातृभाषा शिक्षाको रुपमा मैथिली शिक्षा लागू गरिएको भए पनि विस्तारै प्रत्येक तहमा मैथिली शिक्षा लागू हुने मन्त्री पोखरेलले जनाए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here