काठमाडौं, १४ माघ । फिल्म खेलाइदिने प्रलोभन देखाएर युवतीसँग सेक्स गरी भिडियो बनाएर बेवसाइटमा राख्ने गायक प्रकाश ओझालाई सर्वोच्च अदालतले १० वर्ष कैद सजाय सुनाएको छ ।
अदालतको फैसला कार्यान्वयनका क्रममा प्रहरीले गायक ओझालाई पक्राउ गरी जेल चलान गरेको हाल आएर खुलेको छ ।
सर्वोच्चले पुनरावेदन अदालत विराटनगरको फैसला उल्टाउदै ओझालाई मानव बेचविखन तथा ओसारपसारको दुई मुद्दामा ५÷५ वर्ष गरी जम्मा १० वर्षको जेल सजाय सुनाएका हो ।
यही माघको पहिलो साता सर्वोच्चले यो फैसला गरेको थियो तर ओझा भने काठमाडौको शंखमुलमा लुकेर बसेका थिए । उनले लुकीछिपी रुपमै  गीत रेकर्डिङ पनि गर्दै आएका थिए ।
उनलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ ।
ओझाले २०५९ सालमा फिल्म खेलाइदिने भन्दै जेसिका (ज्योति खड्का) सहित तीन जना बालिकासँग यौन तथा अनैतिक सम्बन्ध गासेका थिए । ओझाले सो यौन सम्बन्धको भिडियो रेकर्ड गरी भिडियो र नांगो फोटोहरु समेत इन्टरनेटमा राखेका थिए । उनले सोही भिडियो देखाउदै २ वर्षसम्म खड्कामाथि यौन शोषणा गरेका थिए । यही कारण खड्काले आत्महत्या समेत गरेकी थिइन् ।

ज्योती खड्का

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here