तस्बिरः रासस

काठमाडौं- युगकवि सिद्धिचरण श्रेष्ठको १०७ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा बहुभाषिक कविगोष्ठि गरिएको छ । जसमा मैथिली, भोजपुरी, नेवारी, अवधी, लिम्बू, मगर, मगर खाम, तामाङ, थकाली, चाम्लिङ, थारु, गुरुङ, वान्तवा, सुनुवार, डोटेली, थुलुङ, अंग्रेजी, संस्कृत र नेपाली भाषामा २९ जना कविले कविता वाचन गरे ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र युगकवि सिद्धिचरण प्रतिष्ठानको आयोजना रहेको उक्त कार्यक्रममा प्रा मोहनप्रसाद लोहनी, जनगायक रामकृष्ण दुवाल, साहित्यकार विजयध्वज थापा, नरेन्द्रबहादुर श्रेष्ठ, फूलमान वल लगायतले युगकविलाई रचनामार्फत स्मरण गरे ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले युगकविको सम्झनामा प्रतिष्ठानले प्रत्येक वर्ष विभिन्न कार्यक्रम गर्दै आएकामा यस पटक बहुभाषिक कविगोष्ठी गरेको बताए ।

सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष वैरागी काइँलाले मुलुकमा रहेका विविध जाति तथा समुदायका भाषा संस्कृति नै हाम्रो बहुलताको विशेषता भएको र त्यसलाई युगकविले रचनामार्फत सन्देश दिएको बताए ।

युगकविका छोरा रविचरणले युगकविले कवितात्मक अभिव्यक्ति दिँदा मातृभाषालाई प्राथमिकता दिएको जनाए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here