काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी असमावेशी र एकलकाटे भएको र सो पार्टीले सबैको भलो गर्न नसक्ने राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले जनाएका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भई बिहीबार मात्रै नयाँ पार्टी गठन गरिएपछि संग्रौलाले नयाँ पार्टी पनि बाहुनमय भएको टिप्पणी गरेका छन् ।

असमावेशी र एकलकाटे पार्टीले सबैको भलो गर्न नसक्ने भन्दै संग्रौलाले उल्लेख गरेका छन्, ‘यो नाथे असमावेशी र एकलकाटेले सबैको भलो गर्ने ? हैट तोरी ।’

नेपाल कम्युनिष्ट पार्टीको ९ सदस्य सचिवालयमा ७ जना ब्राम्हण समुदायको नेता रहेका छन् । जसमा क्रमशः केपी शर्मा ओली, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल छन् ।

सचिवालयमा जनजाति समुदायबाट नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा मात्रै छन् । मधेसी र महिला र दलितको सहभागिता शुन्य छ ।
‘नेवार र मगर जनजातीय आकांक्षाबाट होइनन् आप्mनै स्वार्थका प्रतिनिधि,’ संग्रौलाले भनेका छन्, ‘एकीकृत पार्टी बाहुनमय साहु कम्निस्ट पार्टी पो भयो । यो नाथे असमावेशी र एकलकाटेले सबैको भलो गर्ने ?’

हाल पार्टीको ४५ सदस्यीय स्थायी समिति पनि असमावेशी भएको भन्दै टिप्पणी गरिदैछ । केन्द्रीय समितिको नामावली भने हेर्र्न बाँकी छ । केन्द्रीय समिति २ सय ४१ सदस्यीय हुने बताइएको छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here