काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्ड पन्तनगरस्थित जीबी पन्त कृषि तथा प्रविधि विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिको उपाधि प्राप्त गरेपछि सामाजिक सञ्जालमा हस्यौली रुपमा टिप्पणी गरिएको छ । ‘एसएलसी समेत पास नगरेका नेपालका प्रधानमन्त्री अब डा. केपी ओली ?’ भन्दै व्यंग्य समेत गरिदैछ ।

यही बेला राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले पनि प्रधानमन्त्री ओलीले पाएको डाक्टर उपाधिको कडा ढंगको व्यंग्य गरेका छन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले पाएको मानार्थ उपाधि ‘छुचुन्द्रोको टाउकामा चमेलीको तेल’ भन्दै व्यंग्य गरेका छन् ।

‘छुचुन्द्रोको टाउकामा चमेलीको तेल भन्या यही हो । ब्याचलर्स, मास्टर्स डिग्री सकेका युवाहरु कोरियामा तेस्रो दर्जाको काम गर्नको लागि लाइनमा तँछाडमछाँड गरिरहेको केही दिन अगाडिको त्यो दृश्य,’ ओलीको तस्बिर राखेर संग्रौलाले उल्लेख गरेका छन्, ‘नदीनाला, सस्ता आयोजना सबै भारतलाई बेचिभ्याएका एसएलसी पास गर्न नसकेकाको टाउकोमा डाक्टरको उपाधि भिराइएको यो अर्को दृश्य ।’

उनले लेखेका छन्, ‘अब नामको अगाडि डाक्टर नै झुण्डिसकेपछि डा ओलीको उपचारको नाममा राज्यकोष लुटिन बन्द हुन्छ कि हुन्न ? म एउटा ट्याक्स पेयर (करदाता) को प्रश्न ।’

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here