काठमाडौं । नवराज दाहाल नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघ (स्वतन्त्र) संघीय समाजवादी फोरम नेपालमा समाहित भएको छ ।
शनिबार काठमाडौंको रिपोर्टस क्लबमा कार्यक्रम आयोजना गरी महासंघ अन्तर्गतका प्रदेश समिति, जिल्ला समिति, प्रतिष्ठान तथा इकाईलगायत सम्पूर्ण कमिटिहरु संघीय फोरममा समाहित भएको घोषणा गरिएको हो ।

राप्रपा राष्ट्रवादीका सहमहामन्त्री समेत रहेका दाहाल नेतृत्वको ट्रेड युनियन महासंघका विभिन्न कमिटिहरुका पदाधिकारी, सदस्य र कार्यकर्ताहरुलाई संघीय फोरमका वरिष्ठ नेता अशोक राईले खादा लगाएर स्वागत गरेका छन् ।

दाहालले मजदुरहरुका लागि काम गर्ने पार्टी संघीय फोरम नै रहेको ठहर गरेकाले आफूहरू संघीय फोरमसँग आवद्ध भएको बताए ।
संघीय फोरमका वरिष्ठ नेता राईले ५१ हजारभन्दा बढी मजदुरहरु संगठित भएको महासंघको आगमनले आफू धेरै हर्षित मात्रै नभएर उत्साहित समेत भएको बताए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here