काठमाडाैं- नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेका छन् । आउँदो वैशाख १ गतेदेखि लागू हुने गरी सरकारले उपलब्ध गराएका सुरक्षाकर्मी फिर्ता पठाउने निर्णय डा.भट्टराईले गरेका हुन् ।

भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले व्यक्तिगत सुरक्षा अधिकृत बाहेक अन्य सुरक्षाकर्मी फिर्ता पठाउने निर्णय भएको जानकारी दिए। ‘अति विशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षाको नाममा धेरै जनशक्ति दुरुपयोग भएकाले सुधारका नियम पुनरावलोकन गर्न डा. भट्टराईले सरकारसँग आग्रह गर्नुभएको छ,’ पाण्डेले भने ।

पाण्डेका अनुसार केही हप्ताअघि भट्टराईले गृहमन्त्री र विशिष्ट व्यक्तिको सुरक्षा हेर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा सेवा निर्देशनालयका प्रमुखलाई भेटेर यस्तो आग्रह गरेका हुन्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here