चितवन- नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सबै कुरामा हारिसकेकाले प्रचण्डले बोलेका कुरामा टिप्पणी गर्न आवश्यक नरहेको बताएका छन् ।

प्रचण्डले पार्टीमा फर्कनका लागि केही दिनअघि मात्रै भट्टराईलाई सार्वजनिक कार्यक्रममार्फत अनुरोध गरेका थिए । भट्टराईले प्रचण्डको सो अनुरोधप्रति जवाफ दिदै प्रचण्ड सबै कुरामा हारिसकेको, थाकिसकेको र पछि परिसकेको भन्दै उनले बोलेका कुरामा टिप्पणी गर्र्नुको औचित्य नभएको बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले बुधबार प्रदेश ३ र प्रदेश ४ ले भरतपुरमा आयोजना गरेको लुम्बिनी बैठकको भाव सम्प्रेषण एवं पार्टी आन्तरिक प्रशिक्षण कार्यक्रममा सरकारले गर्ने कामका आधारमा समर्थन र विरोध गर्ने बताए ।
उनले भने, ‘देश र जनताको हितमा हुने कामको समर्थन गर्दछौँ, जनता र राष्ट्र विरोधी कामको विरोध गर्छाैं ।’

उनले पछिल्लो समयमा सरकारमा जान लालयित हुने धेरैको चाहना रहेको बताउँदै बहुमतको सरकार हुँदाहुँदै तीन चौथाइ बनाउन आवश्यक नरहेको बताए । भट्टराईको भनाइ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवतर्फ देखिएको छ ।
उनले भने, ‘लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्ष हुनुपर्दछ । त्यसो भयो भने सत्तामा बस्नेले आफ्नो नीति र कार्यक्रम कार्यान्वयन गर्दछ ।’

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here