काठमाडाैं- संघीय समाजवादी फाेरम नेपालकाे पदाधिकारी बैठक अाज अाइतबार दिउँसाे १ बजे पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बस्दैछ । बैठकले प्रधानमन्त्री केपी अाेली नेतृत्वकाे सरकारमा सहभागी  हुनका लागि मन्त्रीहरूकाे नाम टुंगाे लगाउने पार्टीका सचिव तथा प्रचार विभाग प्रमुख अजम्बर रार्इ काङमाङले जानकारी दिए ।

संघीय फाेरमबाट मन्त्रीहरूकाे नाम टुंगाे नलागेकाले नै शुक्रबार नेकपा एमाले  र माअाेवादी केन्द्रका मन्त्रीहरूले मात्रै सपथ लिएका थिए । सरकारसँग संविधान संशाेधनका विषयमा माैखिक सहमति भइसकेकाे छ र लिखित सहमति समेत हुने बताइएकाे छ । लिखित सहमतिलगत्तै सरकारमा सहभागी  हुने काङमाङले बताए ।

संविधान संशाेधनकाे विषय सरकारमा गएर पहल गरिनेछ ।  संविधान संशाेधनका लागि दुर्इ तिहाइ अावश्यक रहेकाले र हाल एमाले संशाेधनका लागि सकारात्मक देखिएकाले सरकारमा जाने वातावरण निर्माण भएकाे बताइएकाे छ ।

संघीय फाेरमबाट अध्यक्ष उपेन्द्र यादव, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रेणु यादव, प्रदिप यादव र माे.इस्तियाक रार्इ मन्त्री हुने चर्चा चल्दै अाएकाे छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here