काठमाडौं- संघीय समाजवादी फोरम नेपालले संविधान संशोधनमा लिखित सहमति भए सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
संघीय फोरमले संविधान संशोधन गरी संविधानमा भएका त्रुटी र गलतीहरु सच्याउनुपर्ने माग गर्दै आएको छ ।

मंगलबार संघीय फोरमको केन्द्रीय कार्यालय तीनकुनेमा बसेको पदाधिकारी बैठकले एमालेसँगको वार्ता सकारात्मक रहेको र संविधान संशोधनमा सहमति भए सरकारमा जाने निर्णय गरेको हो ।

संघीय फोरमका उपाध्यक्ष तथा पूर्वमन्त्री रकम जेम्जोङले भने, ‘वार्ता सकारात्मक छ भन्ने रिपोर्ट आयो, संविधान संशोधनको विषय सम्बोधन भएमा वार्तालाई टुंग्याउने निर्णय भयो ।’

उनले संविधान संशोधन नै आफूहरुको मुख्य सरोकारको विषय भएकोले सरकारमा गए पनि मन्त्रालय बाँडफाटको विषय गौण हुने प्रष्ट पारे ।

एमाले संघीय फोरमलाई दुई मन्त्री र एक राज्यमन्त्री दिन तयार भएको छ भने संघीय फोरमले उपप्रधानसहित तीन मन्त्री मागेको छ । संविधान संशोधनको विषयमा सहमतिको पत्र तयार भए पनि मन्त्रालयको विषयमा कुरा नमिलेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here