काठमाडौं- नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले माओवादी केन्द्र र नेकपा एमालेको एकतालाई ‘भेडा भेडासँग बाख्रा बाख्रासँग’ भएको संज्ञा दिएका छन् ।

उनले भेडा भेडा एक ठाउँमा हुनु राम्रो रहेको भन्दै मंगलबार विहान आफ्नाे फेसबुक वालमा स्टाटस लेख्दै बधाइ समेत दिएका छन् ।
‘एमाले माके एकता प्रक्रिया औपचारिक रुपमले अघि बढेकोमा हार्दिक बधाइ तथा शुभकामना,’ भट्टराईले लेखेका छन्, ‘राजनीतिमा पनि भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो कुरा हो ।’

दुई दलको एकताबाट नेपाली जनतालाई विचार, नीति, कार्यक्रम र शैली एउटै भएको तर नाम मात्रै फरक भएको पार्टीहरुको भ्रमबाट मुक्न हुन थोरै भए पनि सजिलो भएको उनले बताएका छन् ।

उनले एमाले र माओवादी केन्द्रको एकताले नेपालको विशिष्ट परिस्थिति अनुकुलको समावेशी समानुपातिक सहभागितामूलक लोकतन्त्रमा आधारित समुन्नत समाजवाद वा नयाँ समाजवादको तेस्रो धार निर्माण गर्न मदत पुग्ने बताएका छन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here