काठमाडौं- प्रदेश १ को मुख्यमन्त्री हुने भएपछि नेकपा एमालेका नेता शेरधन राईलाई बधाई र शुभकामना दिनेहरुको लर्को लागेको छ ।
प्रदेश १ लाई किरात प्रदेश निर्माण गर्नुपर्ने पक्षमा रहेका किरातीहरुले भने शेरधन राईले अब आफ्नाे जाति र समुदायको भावना अनुसार काम गर्ने बेला आएको बताएका छन् ।

मातृभाषा पत्रकारिता गर्दै आएका पत्रकार पदम राईले मातृभाषामा मुख्यमन्त्रीको सपथ ग्रहण गर्न राईसँग आग्रह गरेका छन् ।
आफू बान्तवा भाषी भएकाले पनि शेरधन राईले अब बान्तावा भाषामै समथ ग्रहण गरी किरातीहरुको गौरव राख्नुपर्ने उनले उल्लेख गरेका छन् ।

‘हाम्रो अनुरोध तपाईको पहिलो भाषा (मातृभाषा) बान्तावा भएकोले मुख्यमन्त्रीको सपथ बान्तवा भाषामै गर्नुहोला,’ उनले लेखेका छन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here