Friday, December 6, 2019

बिशेष समाचार

काठमाडाैं, २७ मंसिर । कांग्रेस बैठकमा धर्मका विषयमा बहस भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । केन्द्रीय कार्यसमितिको बुधवारको बैठकमा राजनीतिक प्रस्तावमाथिको छलफलमा भाग लिंदै नेताहरुले हिन्दूधर्मबारे खुलेर तर्क राखेका छन् ।  यो विषयले २८ मंसिरदेखि काठमाडौँमा हुने महासमिति बैठकमा पनि प्रवेश पाउने सम्भावना छ ।
बालकृष्ण शर्मा खनालजहानियाँ राणा शासनभन्दा निरंकुश पञ्चायती व्यवस्थालार्इ केही मात्रामा राम्रो भन्नुपर्छ किनभने यसमा भलै देखावटी रुपमा भए पनि विस २०३६ मा निर्दल र बहुदलको चुनाव त घोषणा भयो । पञ्चायती शासनभन्दा कांग्रेसको शासनलाई अझ सुधारोन्मूख भन्न मिल्छ किनकि कांग्रेसले मनमा लागेका कुरा भन्ने छुट दियो भलै कमजोर जनताको आवाज नसुनोस ।
ललितपुर- ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा शनिबारदेखि सुरु भएको संघीय समाजवादी फोरम नेपालको केन्द्रीय समितिको बैठकमा तीन वटा कार्यदल गठन गर्ने प्रस्ताव प्रस्तुत भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव संयोजक रहने गरी राज्य व्यवस्था समिति, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ संयोजक रहने गरी वार्ता समिति र उपमहासचिव प्रकाश अधिकारी संयोजक रहने गरी कार्यदल गठन सम्बन्धी प्रस्ताव गरिएको हो । पार्टीका केन्द्रीय सदस्य...
खोटाङ- खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ५ लफ्याङले विद्यार्थीहरुमा उत्पादन तथा व्यवसायमूखी शिक्षाको अभियान थालेको छ । उत्पादन, व्यवसाय र सीपमूलक शिक्षाले मात्रै मुलुकको आर्थिक समृद्धि र विकास हुने भएकोले विद्यार्थीहरुलाई पुस्तक अध्ययनका साथै खेतबारी र करेसाबारीमा काम गर्न सिकाउने र उत्पादित सामानहरु बजारमा लगेर बेच्न सिकाउन थालिएको वडा अध्यक्ष निर्मल राईले बताए । उनले आफूहरुको पूर्वघोषित कार्यक्रमअनुसार शनिबार...
बेलबारी, मोरङ- महेन्द्र राजमार्गसँगै करिब १४ बिघा क्षेत्रफलमा रहेकाे किरात रार्इ यायाेक्खा बेलबारी धार्मिक वन अनुसन्धान तथा पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको छ । नेपाल सरकार र समुदायको प्रत्यक्ष लगानी रहेको वनहरु दिनानुदिन सखाप हुँदै गएको बेला बेलबारीका किराती राईहरुले आफ्नो गोजीको पैसा उठाएर धार्मिक वनलाई नमूना धार्मिक वनको रुपमा विकास गर्दै गएका छन् । किरात राई यायोक्खा बेलबारीका नगर...
काठमाडौं- आदिवासी जनजाति संघसंस्थाका प्रतिनिधिहरुले आदिवासीहरुको चाडमा सार्वजनिक विदा माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई भेटेर ज्ञापनपत्र बुझाएका छन् । नेपाल आदिवासी जनजाति महासंघसहित नौवटा जातीय संस्थाका प्रतिनिधिहरुले आज बिहान (शुक्रबार) गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाएका हुन् । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि उनले सार्वजनिक विदा बढी भएको भन्दै आदिवासी जनजातिको चाडमा दिइँदै आएको विदा कटौती गरेका थिए । सो लगत्तै आदिवासीहरु आन्दोलित...
संघीय समाजवादी फोरम नेपालका प्रदेश नं १ का अध्यक्ष भुपेन्द्र नेम्वाङले आफूले अब विगतको भन्दा फरक ढंगले प्रदेश नं १ मा काम गर्ने बताएका छन् । विगतको परम्परागत शैलीको काम गराइले पार्टी निर्माण हुन नसकेको उनले बताए । विभिन्न राजनीतिक दल र राजनीतिक स्कूलिङबाट आएका नेताहरुबीच काम गर्ने तौरतरिकामा एकरुपता नहुँदा समस्या भएको र उक्त समस्या परम्परागत भएको नेम्वाङको भनाइ छ...
काठमाडौं- संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले पहिचानवादीहरुको पक्षमा लेख्ने मिडिया नभएको भन्दै अाफै प्रकाशक तथा सम्पादक भएर मासिक पत्रिका प्रकाशन गर्ने तयारी गरेका छन् । लिङदेनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पत्रपत्रिका प्रकाशन गर्ने प्रमाणपत्र समेत लिएका छन् । जसमा उनी प्रकाशक र सम्पादक छन् । उनले हरेक महिनाको पहिलो हप्ता प्रकाशित हुने गरी ४८ पेजको ‘सहअस्तित्व आवाज’ मासिक निकाल्दैछन्...
काठमाडौं- किरात राई समुदायबाट प्रथम महिला पाइलट बनेकी साहारा चाम्लिङले मंगलबारदेखि व्यवसायिक उडान सुरु गरेकी छन् । उदयपुर जिल्लास्थित लिम्चुम्बुङ गाउँपालिका–४ बलम्ता स्थायी घर भएकी चाम्लिङले यति एयरलाइन्सको जहाज उडाउन थालेकी हुन् । मंगलबार उनले पहिलोपटक नेपालगञ्ज–भैरहवा दुई सिफ्ट उडान गरेकी छन् । साहाराले फिलिपिन्सबाट तीन वर्षसम्म पाइलटको ट्रेनिङ लिएकी छन् । उनी समाजसेवी ज्ञान राईकी छोरी हुन् । ज्ञान राई किरात...
कपिलवस्तु– नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश नं ५ को नाम ‘लुम्बिनी प्रदेश’ राख्नुपर्ने बताएका छन् । प्रदेशको राजधानी भने तिलौराकोट राख्न सकिने उनले बताए । मंगलबार ‘१०औं कपिलवस्तु महोत्सव’को उद्घाटन गर्दै दाहालले सो कुरा बताएका हुन् । उनले भने, ‘हामीले गण्डकी प्रदेश राख्यौं, कर्णाली प्रदेश राख्यौं भने लुम्बिनी हाम्रो इतिहाससँग जोडिएको छ, साँच्चै लुम्बिनी प्रदेश नाम राख्दा के चाहिँ फरक पर्छ त...

Latest news