Wednesday, January 22, 2020

बिशेष समाचार

काभ्रे । प्रदेश नं ३ लाई नेवा–ताम्सालिङ प्रदेश नामाकरण गर्न माग गरिए पनि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिचानसहितको संघीयताविपरीत बाग्मती प्रदेश नाम राखेको भन्दै काभ्रेको महाभारत गाउँपालिकाका पहिचानवादी युवाहरुले दाहाललाई आफ्नाे क्षेत्रमा प्रवेश निषेध गरेका छन् । उनीहरुले दाहाललाई संघीयता विरोधी, नेवा–ताम्सालिङ विरोधी र १७ हजार मान्छेको ज्यान लिने कुख्यात व्यक्तिको संज्ञा दिदै महाभारत गाउँपालिका प्रवेश गरेमा जे पनि...
काठमाडाैं । नेकपाका दुईजना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच एक महिनाभन्दा लामो छलफलपछि अन्ततः पूर्वमाओवादी नेता अग्नि सापकोटालाई सभामुख बनाउने सहमति भएकाे छ । दुई अध्यक्षहरूकाे आइतबार बिहानको सहमतिलाई अपरान्ह ४ बजे बसेकाे पार्टी सचिवालय बैठकले अनुमोदन गरेको छ । सभामुख पद पूर्वएमाले कि पूर्वमाओवादीले पाउने भन्नेमा विवाद थियाे । भाेलि सोमबारकाे लागि बोलाइएको बैठकको कार्यसूचीका रूपमा सभामुखको निर्वाचन...
पोखरा । नेकपा र नेपाली कांग्रेसका ५१ जना कार्यकर्ताहरु पार्टी परित्याग गरी शनिबार समाजवादी पार्टीमा प्रवेश गरेका छन् । शनिबार पोखराको राष्ट्र बैंक चोकस्थित मुक्तिनाथ लेकाली होटलमा आयोजित ‘समाजवादी ट्रेड युनियन महासंघ नेपाल र समाजवादी निर्माण मजदुर संघ नेपाल गण्डकी प्रदेशको एकता तथा समायोजन कार्यक्रम’मा उनीहरु समाजवादीमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरु नेकपा र कांग्रेसका मजदुर कार्यकर्ता हुन् ।...
ललितपुर । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले नयाँ वैकल्पिक राजनीतिक शक्ति कांग्रेस कम्युनिष्ट जस्तो नेतामुखी नभएर नीतिमुखी बन्नुपर्ने बताएका छन् । जनताको बीचमा पुँजीवादीहरूले जस्तो नेताहरूको ब्रान्ड बोकेर होइन समुन्नत संघीय समाजवादको ब्रान्ड बोकेर जानुपर्ने उनले बताए । शुक्रबार ललितपुरकाे यलिखममा ३ नम्बर प्रदेशको संगठन विस्तार तथा सुदृढीकरण (विसु) अभियान उद्घाटन तथा अभिमुखीकरण कार्यक्रममा उनले साे कुरा बताएका हुन् । सहअध्यक्ष...
काठमाडौं । सातमध्ये चार वटा प्रदेशको नाम जनताको भावना र पहिचानबिपरित नदी खोलाहरुको नाममा राखिएकोमा किरात राई यायोक्खाले चिन्ता व्यक्त गरेकाे छ । किरात राई समुदायको साझा संस्था यायोक्खाले २०६३ सालदेखि पूर्वी पहाडी जिल्लाहरु समेटेर किरात प्रदेश नाम राखिनु प्रस्तावसहित निरन्तर अभियान चलाउँदै आएको छ । यायोक्खाको केन्द्रीय बैठक आज र भोलि (माघ ३-४) काठमाडौंस्थित केन्द्रीय कार्यालमा चलिरहेको छ । अध्यक्ष...
काठमाडौं । समाजवादी पार्टीले भोलि माघ ३ गतेदेखि तीन महिने ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान)को उद्घाटन गर्दैछ । समाजवादीका शीर्ष नेताहरुले सातवटै प्रदेशबाट अभियान उद्घाटन गर्ने तयारी गरेका छन् । यो अभियान अनुरुप समाजवादीले उपाध्यक्षहरुलाई प्रदेश तहको अनुगमनकर्ता, केन्द्रीय समितिका सिनियर नेताहरुलाई जिल्ला संयोजक र निर्वाचन क्षेत्र र स्थानीय तहमा अभियानकर्ताहरु खटाउँदैछ । यस निम्ति उसले जिम्मेवारी समेत तोकेको...
अर्जुन जम्नेली राई काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सिक्किमको पूर्वमुख्यमन्त्री पवन चाम्लिङबाट आफू प्रभावित भएको बताएका छन् । किरात राई यायोक्खालेे बुधबार (माघ १) काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित किरात यले संवत् ५०८० को शुभकामना आदान-प्रदान तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् । पवन चाम्लिङले सिक्किममा गरेको विकास निर्माण, गरिबी न्यूनीकरण, शिक्षा र स्वास्थ्यसम्बन्धी कार्यले...
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दश वर्षको सशस्त्र जनयुद्धमा मारिएका १७ हजारमध्ये पाँच हजार जनाको जिम्मा लिने बताएका छन् । बुधबार टुँडिखेलमा आयोजित माघी महोत्सवमा प्रचण्डले आपूmमाथि १७ हजार मान्छे मारेको आरोप लगाइएकोमा खण्डन गरे । उनले भने, ‘म तथ्यांक सच्याउन चाहन्छु। मलाई १७ हजार मान्छे मारेर आएको अरोप लगाइएको छ। सत्य त्यो होइन, सत्य के हो, हिजोका...
काठमाडौं । आदिवासी नेता आङकाजी शेर्पाले आज माघ १ गतेदेखि डेढ करोड आदिवासीहरुका लागि पाँच दिन सार्वजनिक विदा माग दाबी गरेका छन् । शेर्पाले फेसबुकमा श्रीपेच लगाएको आफ्नाे फोटो राख्दै चारबुँदे विज्ञप्ती निकालेका छन् । आफूले श्रीपेच लगाउनुका कारण उनले अन्तिम बुँदापछि उल्लेख गरेका छन् । उनले आफू ‘आदिवासीका पूर्वराजाहरुको उत्तराधिकारी’ भनी उल्लेख गरेका छन् उनले नश्लवादी राज्य सत्ताका राष्ट्रपति र...
काठमाडौं । किरात समुदायको ‘किरात येले संवत्’ भोलि माघ १ गतेदेखि ५०८० सुरु हुँदैछ । यो संवत् नेपालकै सर्वाधिक प्राचीन संवत् हो । काठमाडौं उपत्यकामा बसोबास गर्ने किरात राईहरुले भोलि राष्ट्रिय सभागृहमा भेला भएर नयाँ वर्ष मनाउँदैछन् । सो अवसरमा किरात राई यायोक्खाले सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङलाई भब्य कार्यक्रमको आयोजना गरी ‘यलम्बर हाङ स्मृति सम्मान पुरस्कार–५०८०’ प्रदान गर्दैछ । २ लाख २२...

Latest news