• नेकपा एकता अभियानको संयोजकबाट वामदेव निष्कासित

    काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम निष्कासित भएका छन् । अभियानमा आबद्ध चार वटा पार्टीको बहुमतबाट उनललाई निष्कासन गरी युवराज सफललाई संयोजक बनाइएको घोषणा गरिएको छ। अभियानको ६९ सदस्यीय केन्द्रीय समितिको बहुमत आफूहरूसँग रहेको भन्दै उनीहरूले गौतममाथि विभिन्न पाँच बुँदे आरोप समेत लगाएका छन् । ग...

  • कृषि मन्त्रीले तत्काल राजीनामा दिनुपर्छ, के हेरेर बसेको : ओली

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवको राजीनामा मागेका छन् । आइतबार पार्टीको किसान संगठन अखिल नेपाल किसान महासंघको कार्यक्रममा उनले रोपाईंका बेला किसानलाई मल दिन नसक्ने भन्दै मन्त्रीको राजीनामा मागेका हुन् । ‘कृषिमन्त्रीले तत्काल राजीनामा गर्नुपर्छ क...

  • जयरामघाटको पसलमा छड्के अनुगमन,म्याद गुज्रेका खाद्यवस्तु जफत

    काठमाडौं : जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले पछिल्लो समय अत्यधिक मात्रामा खाद्यवस्तुमा मूल्यवृद्धि भएपछि बजार अनुगमन थालेको छ । शुक्रबार जिल्ला प्रशासनको संयोजकत्वमा गाउँपालिका,उद्योग वाणिज्य संघ, प्रहरी, र घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधिसहितको टोलीले मुल्यवृद्धिसँगै म्याद गुज्रिएका सामाग्री विक्रीवितरण भएक...

  • लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता, चुनाव चिह्न गोलाकारभित्रको घण्टी पाए

    काठमाडौं :  निर्वाचन आयोग नेपालले रवि लामिछाने नेतृत्वको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता गरेको छ । पार्टीको चुनाव चिह्न आफूहरूले प्रस्ताव गरेको गोलाकारभित्रको घण्टी पाएको अध्यक्ष लामिछानेले जानकारी दिए । दल दर्ता भएसँगै आफूहरूको जिम्मेवारी बढेको उनले बताए । पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले खारेज भएका...

  • नेपालले एक महिनामा भारतलाई बेच्यो १ अर्ब ७२ करोडको बिजुली

    काठमाडौं : नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत बिक्री गरेको जनाएको छ । प्रााधिकरणले गत १९ जेठबाट देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत आइएक्समा बिक्री सुरू गरेको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसि...

  • सीमावर्ती जंगलमा गोलीहानी नेपालीको हत्या, भारतीयले गोली चलाएको आशंका

    काठमाडौं : बर्दियाको सीमावर्ती जंगलमा निगुरो टिप्ने गएका एक नेपालीको गोली हानी हत्या भएको छ । बर्दियाका डिएसपी सूर्यप्रकाश सुवेदीका अनुसार गुलरिया नगरपालिका-३ बनकट्टा गाउँका ५४ वर्षीय हेमराज गोडियाको हत्या भएको हो । गोली कसले र किन चलायो भन्ने बारेमा खुलिनसकेको उनले जानकारी दिए । उनका अनुसार बिहीबार साँझ निगुरो टिप्...

  • खिजीदेम्बा गाउँ शिक्षा समितिले पायो पूर्णता,नमुना विद्यालय बनाउन अनुदान दिइने

    ओखलढुंगा : खिजीदेम्बा गाउँपालिका गाउँ शिक्षा समितिले पूर्णता पाएको छ । स्थानीय तहमा नयाँ नेतृत्व आएसँगै शिक्षा समिति पुनः गठन हुने व्यवस्था छ । बुधबार बसेको कार्यापालिका बैठकले शिक्षा समितिलाई पूर्णता दिने निर्णय गरेको हो । ११ सदस्यीय शिक्षा समितिमा समावेशी, शिक्षा प्रेमी र विज्ञहरुलाई सदस्य चयनमा प्राथमिकता दिइए...

  • श्रमिकको न्यूनतम ज्याला २५ हजार रुपैयाँ तोक्न ट्रेड युनियनको माग

    काठमाडौं : नेपालका ट्रेड युनियनहरूले श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रूपैयाँ तोक्न माग गरेका छन् । पारिश्रमिक निर्धारण पुनरावलोकन समितिले तत्काल बैठक बोलाएर न्यूनतम पारिश्रमिक २५ हजार रूपैयाँ तोक्न ट्रेड युनियनहरूले माग गरेका हुन् । ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यका अनुसार श्रम‚ रोजगार तथा सामाजिक ...

  • प्रत्येक वडामा सरकारले सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने

    काठमाडौं : सरकारले सबैलाई स्वास्थ्य सेवा पुर्‍याउनका लागि प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने भएको छ । बिहिबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय नर्सिङ तथा मिडवाईफ्री रणनीति २०७७/०७८ देखि २०८७/८८’  सार्वजनिक गर्दै सबैका लागि स्वास्थ्यको नीति प्रभावकारी रुपमा कार्यन्वयन गर्न प्रत्येक वार्ड...

  • गभर्नरले अर्थमन्त्रीलाई भने : अर्थतन्त्रको अवस्था मूल्यांकन गरी मौद्रिक नीति आउँछ

    काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री जनार्दन शर्मासँग आगामी मौद्रिक नीतिबारे ब्रिफिङ गरेका छन् । बुधबार अर्थमन्त्रालयमा अर्थमन्त्री र मन्त्रालयको टिमले बजेटले लिएका लक्ष्य प्राप्त गर्ने गरी मौद्रिक नीति आउने अपेक्षा राखेका थिए । जवाफमा गभर्नर अधिकारीले अर्थतन्त्रको अहिलेको अवस्था मू...