• उदयपुरमा बस दुर्घटना,ओखलढुंगाका ४ जनासहित १२ जना घाइते

    काठमाडौं : सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बस सोमबार दुर्घटना भएको छ । दुर्घटनामा परी १२ जना घाइते भएको प्रहरीले जनाएको छ । सल्लेरीबाट विराटनगरका लागि छुटेको बा ३ ख २९५६ नम्बरको यात्रुबाहक बस उदयपुर कटारी नगरपालिका–४ मरुवा स्थित सिद्दिचरण राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उक्त ...

  • ओखलढुंगामा सकियो ९४ प्रतिशत धान रोपाई

    काठमाडौं : ओखलढुंगामा ९४ प्रतिशत धान रोपाई सकिएको छ । कृषि ज्ञान केन्द्रकी बागवानी विकास अधिकृत मुना बस्नेतले आइतबारसम्म ९४ प्रतिशत धान रोपाई सकिएको जानकारी दिइन् । उनले बाँकी ठाउँमा अहिले पनि धमाधम धान रोपाई भइरहेको पनि बताइन् । जिल्लामा ६ हजार दुई सय ५० हेक्टरमा धान खेती गरिदै आएको छ । जिल्लाको मोलुङ खोला किनार...

  • भूकम्पले खोटाङको साकेला गाउँपालिकामा २५ भन्दा बढी घर क्षति

    काठमाडौं : खोटाङको साकेला गाउँपालिकामा भुकम्पले २५ भन्दा बढी घरमा क्षति पुगेको छ । खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले पछिल्लो जानकारी अनुसार २५ देखि ३० वटा घरमा क्षति पुगेको जानकारी दिए । यसैगरी हलेसी तुवाचुङ नगरपालिकामा-५ घरमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्थानीय तहसँग समन्वय गरी...

  • प्यूठानमा जीप दुर्घटना,१ जनाको मृत्यु

    काठमाडौं : प्यूठानमा तीर्थयात्री बोकेको जीप दुर्घटना भएको छ । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । स्वर्गद्वारीबाट भिंग्रीतर्फ जाँदै गरेको लु ३ च ३५३ नम्बरको जिप स्वर्गद्वारी नगरपालिका-४ उर्लाङमा आज दिउँसो दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर लालबहादुर विकल...

  • बैतडीमा बन्चरो प्रयोग गरी बाबुको हत्या

    काठमाडौं : प्रहरीले बुवाको हत्या गरेको आरोपमा शुक्रबार बैतडीमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डिलाशैनी गाउँपालिका ५ शेराका २२ वर्षीय लोकराज जोशी रहेका छन् । लोकराजले उनका बुवा ६८ वर्षीय अन्तराम जोशीलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । बैतडीका प्रहरी प्रवक्...

  • सम्झनामाथि अनुसन्धान गर्न अदालतले गर्‍यो १० दिन म्याद थप

    काठमाडौं : एक बालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी ओखलढुंगा सिद्धिचरण नगरपालिका वडा-११ का ३८ वर्षीय सम्झना श्रेष्ठलाई म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले श्रेष्ठविरुद्ध जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको हो । श्रेष्ठले गत साउन ७ गते दुई बालबालिकाबीच ...

  • खिजीदेम्बा गाउँपालिकालाई एम्बुलेन्स प्राप्त,पहाडी क्षेत्रमा सहजै सञ्चालन हुने

    काठमाडौं : ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकालाई एम्बुलेन्स सहयोग प्राप्त भएको छ । प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवको विशेष पहलमा गाउँपालिकालाई एम्बुलेन्स प्राप्त भएको हो । पहाडी क्षेत्रमा सहजै रुपमा सञ्चालन गर्न सकिने एम्बुलेन्स प्राप्त भएको पालिका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिए । एम्बुलेन्स प्राप्त भएपछि ...

  • सरकारले प्लाष्टिकको मालामा लगायाे प्रतिबन्ध

    काठमाडौं : सरकारले देशभर प्लास्टिकका फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा पूर्ण रोक लगाएको छ । आज (बिहिबार) वन तथा वातावरण मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो जानकारी दिएको हो । सूचना अनुसार अब नेपालभर प्लास्टिकबाट बनेका फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्ने काम अवैध...

  • राष्ट्रियसभाबाट नागरिकता विधेयक बहुमतले पारित

    काठमाडौं : नागरिकता विधेयक संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ । बिहिबार बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधि सभाबाट पारित भएर सन्देश सहित प्राप्त भएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । वैवाहिक अंग...

  • सिद्धिचरणकाे वडा १२ मा अब यी ठाउँहरूमा मात्रै मोटरसाइकल पार्किङ पाइने

    काठमाडौं : ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा-१२ ले मोटरसाइकल पार्किङ गर्नका लागि ठाउँ तोकेको छ । वडा कार्यालयले पार्किङ स्थल निर्धारण गर्नुका साथै बजार क्षेत्रमा विद्यालय जाने समयमा चार पाङग्रे सवारी साधन चलाउन नपाइने निर्णय गरेको छ । वडा कार्यालयले मोटरसाइकल पार्किङका लागि हुलाकटोलमा रहेको लक्ष्मी बैंकदेखि लालीगुँ...