21 C
Kathmandu
Saturday, May 23, 2020
काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को अन्तिमसम्ममा कोरोना भाइरस (कोभिड–१९) को खोप तयार हुने बताएका छन् । टेलिभिजन च्यानल फक्स न्युजलाई दिएको अन्तर्वार्तामा उनले यस वर्षको अन्तिममा यो खोप आउनेमा आफू विश्वस्त रहेको बताएका हुन् । विद्यालय खोल्ने विषयमा बोल्दै ट्रम्पले उमेर अलि बढी भएका शिक्षकलाई संक्रमण हुने जोखिम भए पनि विद्यालय खोल्नु जरुरी रहेको बताएका छन्...
काठमाडाैं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आए पनि नेपाल आयल निगमले लकडाउन सुरु भएपछि मूल्य समायोजन गरेको छैन । भारतीय आयल कर्पोरेसनसँगको स्वचालित मूल्यसूची अनुसार हरेक १५/१५ दिनमा मूल्य समायोजन हुने व्यवस्था छ तर यो अहिले कार्यान्वयन भएको छैन । इन्डियन आयल कर्पोरेसनबाट शनिबार आएको स्वचालित मूल्यसूची घटेर आए पनि निगमले मूल्य घटाएको छैन । १५ दिनअघिको मूल्यसूची...
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले नेपालमा कांग्रेस र कम्युनिष्टको वैकल्पिक अग्रगामी शक्तिको रुपमा आफ्नाे पार्टीमा एकताबद्ध हुन अपिल गरेका छन् । बुधबार समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबिच एकता पत्रमा हस्ताक्षर गर्ना साथ नेता भट्टराईले सो अपिल गरेका हुन् । उनले दुई पार्टीबिच एकता भएको जानकारी दिदै मुलुककै भरपर्दो अग्रगामी लोकतान्त्रिक शक्ति निर्माण भएको दाबी गरेका...
काठमाडौं । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य दल फुटाउन भन्दै दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि सो अध्यादेशले समाजवादी पार्टीभित्र भुइचालो ल्याइदिएको छ । प्रधानमन्त्री ओलीले समाजवादी फुटाउने अभिष्टले नै अध्यादेश ल्याएको पुष्टि भएको छ । समाजवादी पार्टीकी उपाध्यक्ष समेत रहेको रेणु यादवले केही सांसद लिएर नेकपामा जाने तयारी गरेकी छन् । प्रतिनिधिसभामा १७ सिट रहेको समाजवादीबाट रेणुले...
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परिरहेका नगरबासीलाई होम क्वारेन्टाइनमा बस्ने सर्तसहित नगरपालिकाभित्र ल्याउन थालेको छ । नगरपालिकाका मेयर इवन राईले हिजो मंगलबार ५०, ५५ जनालाई नगरपालिकाभित्र ल्याइएको बताए । आज बुधबार करिब ४०० जनालाई नगरपालिकाभित्र ल्याइउने सार्वजनिकसँग उनले बताए । अध्ययन, व्यापार व्यवसाय वा विभिन्न उदेश्यले काठमाडौंमा रहेका आफ्नाे नागरिकहरुलाई नगरपालिकाले उद्धार गरी ल्याउन थालेको...
अर्जुन जम्नेली राई मोरङ । लकडाउनले मानिस घरघरमा बसेको बेला गत शुक्रबार (बैशाख ५ गते) मोरङको पथरीमा वन ऐन विपरित तीनवटा सालको रुख कटान गरिएकाे थियाे । रुख कटान भएको क्षेत्र धिमाल समुदायले सांस्कृतिक स्थलको रुपमा प्रयोग गर्दै आएको छ । करिव दुई महिनाअघि पथरीकै तमु बौद्ध गुम्बामा भएको चारवटा रुख पनि यसैगरी ढालिएको थियो । गुम्बाको घटना करिव दुई महिनापछि...
काठमाडौं । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले स्थिरताको नारा लगाएर चुनावमा भोट लिएका प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरताको कारक तत्व निर्माण गर्नु अत्यन्तै खेदजनक र निन्दनीय रहेको बताएका छन् । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सोमबार दल विभाजनबारे अध्यादेश ल्याएपछि नेता राईले उक्त प्रतिक्रिया जनाएका हुन् । प्रधानमन्त्री ओलीले सोमबार मन्त्रिपरिषदबाट दल फुटाउनका लागि संसदीय दल वा पार्टी कुनै...
काठमाडौं । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेहरुको संख्या ५५९ पुगेको छ । हालसम्म १७,६१५ जनालाई कोरोना संक्रमण भएको छ । २,८५४ जना निको भएका छन् । यो तथ्यांक वल्डोमिटरले दिएको हो । आज दिउँसो १२ बजेसम्मको रिपोर्ट अनुसार भारतमा १४,२०२ जनाको अहिले पनि उपचार भइरहेको छ । विश्वभरि २४ लाख ७ हजार ६ सयलाई कोरोना भाइरस संक्रमण भएको छ । मृत्यु...
–उरास लोहोरुङ राई श्वासप्रश्वास सम्बन्धी रोग उत्पन्न गर्ने कोरोना भाइरस (कोभिड–१९) बाट अहिले विश्वका अधिकांश मुलुकहरू आतंकित बनेका छन् । हरेक मुलुकले आफ्नो दक्षता, क्षमता, स्रोत र साधनले भ्याएसम्म यसको उपचार, रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गरिरहेका छन् । नेपालमा पनि यो रोगबाट संक्रमितहरूको संख्या बढिरहेको छ । यसले चारैतिर भय र समस्या उत्पन्न गरेको छ । सरकारले यो रोग रोकथाम, नियन्त्रण...
काठमाडौं । नेपालमा दोस्रो कोरोना संक्रमित युवती निको भएर अस्पतालबाट डिस्चार्ज भएकी छन् । गत चैत १० गते कोरोना पोजेटिभ देखिएकी उनी शनिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट निको भएर घर फर्केकी हुन् । काठमाडौंको मैतीदेवी घर भएकी १९ वर्षीया उनी चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् । फ्रान्सबाट कतारसम्म आएको जहाजको आफ्नाे साथीलाई कोरोना संक्रमण...

विशेष

ताजा समाचार