Sunday, July 21, 2019

Tag: लालबाबु राउत

जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाब राउतले अशिक्षालाई समाजिक कुरीतिको जडो बताएका छन् । लैंगिक हिंसा, भु्रण हत्या, बालविवाह, दाइजो लगायतका कुरीतिविरुद्ध शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले अशिक्षा हटाउन नसके समाजमा सुधार नहुने तर्क गरे । ‘समाजिक कुरीतिको मुख्य कारण अशिक्षा रहेको छ’, उनले भने, ‘अशिक्षा हटाउनमा...
जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले अधिकार प्राप्तीका लागि दलितहरुलाई आफै सशक्त हुनुपर्ने बताएका छन् । छुवाछुत मुक्त राष्ट्र नेपाल घोषणा दिवसको अवसर पारेर दलित सम्बद्ध संघ संस्थाहरुले मंगलबार जनकपुरमा आयोजना गरेको प्रदेशस्तरीय दलित अगुवा भेलामा मुख्यमन्त्री राउतले दलितहरु आफै सशक्त नभएसम्म अधिकार प्राप्त गर्न नसक्ने बताए...
पराधिन भएर राजनीति गर्नु र स्वाधिन भएर राजनीति गर्नुमा आकाश पतालको फरक पर्दोरहेछ । उता शेरधन राई र पृथ्वीसुब्बा गुरूङहरू तलब-भत्ता मात्र लिएर माथि मालिकको नियन्त्रण र आदेशमा थरथरी काप्दै बस्छन् । तर प्रदेश नं २ का मुख्यमन्त्री मात्र मुख्यमन्त्री जस्तो देखिएका छन् । केन्द्रीय लोक सेवा आयोगको कदमलाई च्यालेन्ज दिएका छन्...
जनकपुरधाम, २४ फागुन । संघीय सरकारले प्रमुख जिल्ला अधिकारीलाई आफ्नाे मातहत राखी शक्तिशाली बनाउने तयारी गरिरहेका बेला प्रदेश नं २ सरकारले आफ्नै प्रदेश प्रशासनिक अधिकारी राख्ने तयारी गरेकाे छ । मन्त्री परिषदको आज सम्पन्न बैठकले प्रदेश प्रशासन सम्बन्धि विधेयक पारित गरेको छ । उक्त विधेयक प्रदेश सभाबाट पारित भएपछि प्रदेश सरकारले...
जनकपुरधाम, २० पुस । प्रदेश सरकारले कर्मचारीको स्थायी पदपूर्तिको लागि प्रक्रिया थालेको छ । संघीय सरकारले समयमा कर्मचारी उपलब्ध नगराउँदा विकास निर्माणमा अवरोध पुगेको भन्दै गुनासो गरिरहेको प्रदेश सरकारले प्रदेशबाटै स्थायी कर्मचारी पदपूर्ति गर्ने उद्देश्यले लोकसेवा विधेयकलाई स्वीकृत गरेको छ । मन्त्री परिषदको बिहीबार सम्पन्न बैठकले लोकसेवा विधेयकलाई स्वीकृत गर्दै प्रदेश...
मोरङ, १६ पुस । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले तत्कालिन नेकपा माओवादीले छोडिसकेको संघीयताको मुद्दालाई मधेस आन्दोलनको बलले नै स्थापित गरिएको स्मरण गरेका छन् । संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष समेत रहेका मुख्यमन्त्री राउतले माओवादीले संघीयता छोडेको तर मधेस आन्दोलनमार्पmत मधेसी जनताले संघीय व्यवस्था ल्याइछोडेको बताए । सोमबार मोरङ...
विरगञ्ज, १४ पुस । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले अन्यायमा परेका गरिब, दलित, मुश्लिम महिलालगायत समुदायलाई प्रदेश सरकारले स्थापना गरेको प्रदेश कानूनी सहायता कार्यालयबाट निःशुल्क कानूनी सेवा लिन आह्वान गरेका छन् । विरगञ्ज जिल्ला अदालत अगाडि प्रदेश कानूनी सहायता कार्यालयको शनिबार विहान उद्घाटन गर्दै उनले समाजिक अन्यायमा परे...
विरगञ्ज, १३ पुस । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार प्रदेशको समग्र विकासको निमित प्रतिवद्ध रहेको बताएका छन् । विरगञ्न महानगरपालिका-११ स्थित राष्ट्रिय विद्यापिठ श्रीपुरमा शुक्रबार आयोजित प्रदेश स्तरीय पुस्तकालय भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै राउतले समाजको समग्र विकासको लागि प्रदेश सरकारले विरगंजमा प्रदेश स्तरीय पुस्तकालयको स्थापना...
जनकपुरधाम, ९ पुस । मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम अगुवाहरुलाई बालबालिकाको शिक्षामा जोड दिन आग्रह गरेका छन् । अलहुदा एजुकेशन एण्ड वेलफेयर सोसाइटीले आयोजन गरेको तीन दिवसीय प्रशिक्षण कार्यक्रमको समापन समारोहमा मुख्यमन्त्री राउतले मुस्लिम समुदायको समाजिक, राजनीति र आर्थिक उन्नयनका लागि बालबालिको शिक्षामा जोड दिनुपर्ने बताए । उनले प्रदेश सरकार सबै जात...
जनकपुरधाम- प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणको क्रममा कानून बाधक नभई साधक बन्नुपर्ने बताएका छन् । सर्वोच्च बार एशोसिएशनले अाइतबार जनकपुरमा आयोजना गरेको कानून र विकाससम्बन्धी अन्तरक्रियात्मक सम्बाद कार्यक्रममा मुख्यमन्त्री राउतले कानूनकै अड्चनका कारण कतिपय विकास निर्माणका कार्यहरु प्रभावित भएकोले त्यसमा सुधार ल्याउन आवश्यक रहेको बताए । उनले...

Follow us

32,315FansLike
73FollowersFollow
10FollowersFollow
0SubscribersSubscribe

Latest news