हाम्राे बारेमा

सार्वजनिक डटकम अनलाइन न्यूजपोर्टल २०७३ मंसिर २८ गतेदेखि सञ्चालन भएकाे हाे । हामीले यसमा उत्पीडित समुदायको मुद्दालाई बढी स्थान दिएका छौं । विभेद र उत्पीडनमा परेका समुदाय, वर्ग र क्षेत्रका विषय हाम्रा प्राथमिकतामा पर्नेछन् ।

वास्तवमा सञ्चारमाध्यम सबै जाति, वर्ग, समुदाय र क्षेत्रको सहअस्तित्व, न्याय र समानताको पक्षमा उभिनुपर्दछ । केवल राजनीतिक आर्थिक शक्तिको पछि लाग्ने सञ्चारमाध्यमले सामाजिक उत्तरदायित्वको सिद्धान्तमा आधारित व्यवसायिक पत्रकारिताको अभ्यास गर्न सक्दैन ।

तसर्थ हामीले राज्यको प्रचलित नियम, कानून र प्रक्रियाभित्र रही सामाजिक उत्तरदायित्वसहितको पत्रकारिताको अभ्यास गरिरहेका छौं । हामीलाई सल्लाह, सुझाव र प्रतिक्रिया दिनुहोस् । हामी तपाईँहरुकै सुझाव र सहयोग लिएर अघि बढ्ने छौं ।