काठमाडौं । दुईदिने नेपाल भ्रमणका लागि शनिबार काठमाडौं आइपुगेका चीनका राष्ट्रपति सी जिनपिङलाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन् ।

राष्ट्रपति सीलाई स्वागत गर्नका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीहरु र मन्त्रीहरु पनि विमानस्थल पुगेका थिए ।

विमानस्थल परिसरमा राष्ट्रपति सीलाई नेपाली सेनाले ‘गार्ड अफ अनर’ दिएको छ ।

राष्ट्रपति सीलाई जनस्तरबाट समेत भव्य स्वागत गरिएको छ । सरकारले सडकहरु सफा र चिल्ला बनाएका छन् । सडक किनारमा नेपाल र चीनको झण्डा बोकेर सरकारी कर्मचारी, खेलाडीहरु, सर्वसाधारण बसेका थिए ।

राष्ट्रपति सी विमानस्थलबाट होटल सोल्टीतर्फ गए ।

1 COMMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here