काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ निर्धारित समयभन्दा २० मिनेटअघि नै आज काठमाडौंमा आइपुगेका छन् ।

भारतको भ्रमण सकेर उनी चेन्नाइबाट चिनियाँ एयरवेजको सीसीए ०५७ जहाज लिएर काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

दुईदिने नेपाल भ्रमणका लागि राष्ट्रपति सी ४ः ३० बजे काठमाडौं उत्रिने बताइएको थियो ।
तर उनी ४ः१० मै आइपुगेका छन् ।

उनलाई स्वागत गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली लगायत विमानस्थलमा पुगेका छन् ।
राष्ट्रपति सीलाई विमानस्थलमै ‘गार्ड अफ अनर’ दिइनेछ ।

विमानस्थलबाट उनी सोल्टी होटल प्रस्थान गर्नेछन् । उनले आजै राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग पनि आजै भेटवार्ता गर्नेछन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here