धरान । धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा नेपाली कांग्रेसबाट तिलक राई मेयरका उम्मेदवार हुने भएका छन् ।
उपनिर्वाचन आगामी मंसिर १४ गते हुनेछ ।

शुक्रबार बसेको कांग्रेसको धरान नगर समितिको बैठकले राईलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी कांग्रेसको धरान नगर समिति सभापति हुन् ।

किरात राई यायोक्खाका पूर्व अध्यक्षसमेत भएका राई २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार बनेका थिए ।

तर सो बखत तत्कालिन नेकपा एमालेका उम्मेदवार तारा सुब्बा विजयी भए ।
पहिल्यैदेखि स्वास्थ्य खराब रहेका मेयर सुब्बाको एक वर्षपछि नै निधन भएपछि हाल उपनिर्वाचन गर्न लागिएको हो ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here