काठमाडाैं । जापानमा आज शनिबार शक्तिशाली आँधी ‘ह्यागिबिस’ राजधानी टोकियोतिर अघि बढिरहेको छ ।

आँधीका कारण एकजनाकाे मृत्यु भइसकेकाे छ ।

आँधी आउनुअघि यसकाे प्रभावका कारण ठूलो वर्षा भएको थियाे । र १६ लाखभन्दा बढी मानिसहरुलाई सुरक्षित ठाउँमा जानका लागि भनिएको थियाे ।

आँधीका कारण यातायात र बिजुली सेवा पनि प्रभावित भएको छ ।

आँधीका कारण यसअघि नै रग्बी विश्व कपको दुई ओटा खेल रद्द गर्नुपरेको थियो । एक हजार ६ सय बढी विमानहरुले पनि उडान गर्न पाएका थिएनन् ।

जापानको मौसम विज्ञान एजेन्सी (जेएमए)ले शनिबार साँझ मध्य या पूर्वी जापानमा आँधीको गति २१६ किलोमिटर प्रति घण्टा पुग्ने अनुमान गरेको छ ।

चिबा क्षेत्रमा ३६ हजार बढी घर तथा भवनहरु क्षतिग्रस्त भएका छन् । स्थानीय सरकारले प्रभावित भवनमा रहिरहेका मानिसहरुलाई सुरक्षित ठाउँतर्फ जान अपिल गरेको छ । यो आँधी पछिल्लो ६ दशककै शक्तिशाली मानिएकाे छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here