काठमाडौं । नेहा कक्कर भारतीय लोकप्रिय गायिका हुन् । उनी राम्रो डान्सर पनि हुन् ।

युवा पुस्तामा चर्चित बन्दै गएकी नेहाले भर्खर मात्र इन्स्टाग्रामबाट एउटा ट्रफी अवार्ड समेत पाएकी छन् ।
इन्स्टाग्रामबाट ट्रफी पाउने उनी पहिलो भारतीय गायिका बनेकी छन् । पूरा भारतभरि यो ट्रफी पाउने नेहा बाहेक चारजना मात्र छन् ।

जसमा अभिनेता अक्षय कुमार, विराट कोहली, दीपिका पादुकोण र प्रियंका चोपडा छन् ।

इन्स्टाग्रामबाट ट्रफी पाउने पाँचौ व्यक्ति बनेकी हुन् नेहा । उनले उक्त ट्रफी पाएपछि ट्रफीसहितको तस्बिर इन्स्टाग्राममा अपलोड गरेकी छन् ।

ट्रफी पाएपछि उनले आफ्नाे भाइ टोनी कक्कर र माता–पिताप्रति आभार व्यक्त गरेकी छन् । नेहालाई उनका भाइले बधाइ दिएका छन् ।

नेहाले इन्स्टाग्राममा आफ्नाे तस्बिर र भिडियोहरु सेयर गर्दै आएकी छन् । इन्स्टाग्राममा उनको फलोअर २७ दशमलव ८ मिलियनभन्दा बढी छन् । यही कारणले पनि उनले उक्त ट्रफी पाएकी हुन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here