उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–९ चौकीबारीमा शुक्रबार राति धारिलो हतियार प्रयोग गरी आमा छोरीको हत्या गरिएको छ ।

३० वर्षीया आमा शारदा कुमारी चौधरी र ९ वर्षीया छोरी रत्ना चौधरीको धारिलो हतियारले हत्या गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको घाँटी रेटिएको देखेपछि छिमेकीहरुले प्रहरीलाई खबर गरेका थिए ।

मृतकका श्रीमान वैदेशिक रोजगारीमा छन् भने सासूससुरा उदयपुरको चौदण्डी नगरपालिका–५ शिवाइमा बस्छन् ।
हत्या कसले र किन गरे भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here