काठमाडाैं । चिनियाँ राष्ट्रपति सी जिनपिङकाे सवारी हुँदा सडक पूरा खाली गराइने भएकाे छ ।

राष्ट्रपति सीको सवारीका क्रममा सडक पूर्ण रुपमा खाली गरिने र सडकको दुवै किनारमा हिडडुल गर्न तथा उभिएर हेर्न समेत रोक लगाइनेछ ।

राष्ट्रपति सीको सुरक्षाका लागि सडक किनार खाली गर्न लागिएको महानरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी होविन्द्र बोगटीले बताएका छन् ।

राष्ट्रपति सी दुईदिने नेपाल भ्रमणका क्रममा आज शनिबार ४ बजे काठमाडौं आइपुग्दैछन् । उनी भोलि आइतबार स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here