काठमाडौं । सिन्धुपाल्चोकको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौं आउँदै गरेको बा२ख २७१५ नम्बरको यात्रु बस शुक्रबार बिहान ८ बजे सोही गाउँपालिकास्थित भोटसिपा भन्ने ठाउँमा सडकबाट दुई सय मिटर तल खसेर दुर्घटनाग्रस्त बनेको थियो ।

जसमा ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो । एक जनाको उपचारका लागि अस्पताल लैजादै गरेको बेलामा मृत्यु भएको हो ।

प्रहरीका अनुसार ५ जनाको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा ४० भन्दा बढी घाइते भएका थिए ।
गम्भीर घाइतेहरुलाई हेलिकोप्टरबाट काठमााडौ ल्याइएको छ ।

1 COMMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here