काठमाडौं । मेक्सिकोमा बिग्रिएको सडक नबनाएको भन्दै स्थानीयले एकजना मेयरलाई टोयटा ट्रकको पछाडि डोरीले बाँधेर सडकमै घिसारेका छन् ।

लास मर्गारितास (Las Margaritas) नामक सहरका मेयर जर्ज लुइस इस्क्यान्डन हेर्नान्डेज (Jorge Luis Escandon Hernandez)लाई बुधबार आक्रोशित स्थानीयले घिसारेका हुन् ।

उनलाई लास मर्गारितासकाे सान्तारितास्थित सडकमा घिसारिएकाे हाे ।

मेयरप्रति आक्रोशित भिडले उनलाई उनकै अफिसबाट बाहिर निकालेर दुवै हात डोरीले बाँधेर सडकमा घिसारेको डेलीमेलले उल्लेख गरेकाे छ ।

तर प्रहरीले उनलाई बचाएका छन् । साे घटनाबाट उनी गम्भीर घाइते पनि भएनन् ।

मेयर जर्ज लुइस इस्क्यान्डन हेर्नान्डेज

मेयरलाई गाडीको पछाडि बाँधेर घिसारिरहेको १७ सेकेण्डको भिडियो समेत सार्वजनिक भएको छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here