काठमाडौं । चीनका राष्ट्रपति सि जिन पिङको नेपाल भ्रमणको मिति टुंगो लागेको छ ।
उनी आगामी असोज २५ गते नेपाल आउने भएका छन् ।

बुधबार परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ती जारी गरी राष्ट्रपति सिको भ्रमणबारे जानकारी दिएको हो ।
विज्ञप्तीमा भनिएको छ, ‘नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा उहाँले २५ र २६ गते नेपाल भ्रमण गर्दै हुनुहुन्छ ।’

राष्ट्रपति सिले भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत नेताहरुसँग पनि भेटघाट गर्नेछन् ।

राष्ट्रपति सिको नेपाल भ्रमणको क्रममा दुई देशको हितमा हुने महत्वपूर्ण विषयको सम्झौतामा हस्ताक्षर हुनेछ ।
२२ वर्षपछि चीनका राष्ट्रपति नेपाल भ्रमणमा आउन लागेपछि सरकारले भब्य स्वागतको तयारी गरिरहेको छ ।

राजधानीका सडकहरुको मर्मत गर्नुका साथै रंगरोकन गरिदैछ । सडक किनार र पार्कहरुमा हरियाली बनाउने काममा तीव्रता दिइएको छ ।

राष्ट्रपति सिले चीनबाट आप्mनै सुरक्षाकर्मी ल्याउने भएपनि सरकारले पनि राजधानीको सुरक्षा व्यवस्था कडा बनाउँदैछ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here