काठमाडौं । डा. मित्र परियारले यसवर्ष दसैंको टीका लगाएनन् । उनले गत वर्षदेखि दसैं बहिष्कार गरेका हुन् ।

‘दलित समुदायको जातीय मुक्ति खोज्ने हो भने दलितहरुले हिन्दू धर्म मान्नु हुन्न’ भन्ने अभिव्यक्ति दिएका उनले दसैं हिन्दूहरुको उच्च जातिको प्रतिक रहेको बताएका छन् ।

उनले उच्च जातीय हिन्दूहरुले कथित तल्लो जातिलाई सधैं दबाएरै राख्ने अस्त्रको रुपमा दसैंलाई प्रयोग गरेकोले आपूmले दुई वर्षदेखि दसैं बहिष्कार गरेको फेसबुकमा लेखेका छन् ।

नेपालका एकथरि आदिवासी जनजातिहरुले पनि पछिल्लो समय दसैंलाई हिन्दू धर्म र राज्य सञ्चालन गर्ने राजनीतिक अस्त्र बनाइएको भन्दै दसैं मान्न छाडेका छन् ।

दसैं वास्तवमा कुन धर्म र जातिको हो ? भन्ने यकिन भइसकेको छैन । हरेक दसैंका बेला यसबारे सामान्य बहस हुने गरेको छ । हिन्दूहरुकै दसैं हो भने किन भारतका ९० करोड हिन्दूहरुले दसै मनाउदैनन् भन्ने प्रश्न छ । चामल र जमराको प्रचलन हिन्दू संस्कृतिमा कतै नभेटिने गरेको विज्ञहरुको भनाइ छ ।

🙏 परिवर्तन आफैबाट शुरू हुन्छ! निधार खाली दोश्रो दसैं…!My second year of boycotting the Dashain tika, an auspicious…

Gepostet von Dr-Mitra Pariyar am Dienstag, 8. Oktober 2019

1 COMMENT

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here